मोटरसाइकल दुघर्टनामा परे चेक गणतन्त्रका राष्ट्रपति

सफल खबर संवाददाता

शुक्रबार, ११ जेठ २०८१, १२ : २३
मोटरसाइकल दुघर्टनामा परे चेक गणतन्त्रका राष्ट्रपति

प्राग । चेक गणतन्त्रका राष्ट्रपति पेटर पावेल बिहीबार सडक दुर्घटनामा परेका छन् । तर उनलाई गम्भीर चोटपटक भने नलागेको बताइएको छ । पावेलले चलाइरहेको मोटरसाइकलको दुर्घटना भएको र उनलाई प्रागको एक अस्पतालमा भर्ना गरिएको राष्ट्रपति कार्यालयले एक्समा एक पोष्टमा भनेको छ ।

पावेललाई प्रागको सैन्य अस्पतालमा केही दिनसम्म भर्ना गरेर राखिने बताइएको छ । पावेललाई मोटरसाइकल चलाउने निकै शौख छ । उनी सवार मोटरसाइकल बन्द रेसिङ्ग सर्किटमा दुर्घटनाग्रस्त भएको थियो । त्यसैले यस घटनाबारे प्रहरीले छानबिन गरिरहेको छैन । उनीसँग बीएमडब्ल्यू आर १२०० जीएस पनि छ ।

६२ वर्षका पावेल गएको वर्ष चेक गणतन्त्रको राष्ट्रपति भएका थिए । उनी उत्तर अटलान्टिक सन्धि सङ्गठन (नाटो)को पूर्व अध्यक्ष पनि हुन् । उनी सन् १९९० को दशकदेखि सन् २०१८ सम्म सेनामा थिए । पावेल सेवा निवृत्त जनरल हुन् ।

प्रतिक्रिया दिनुहोस