वीरगन्ज । टिकुलिया घाटको दुर्घटनाबारे सोधपुछका लागि प्रहरीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रौनियारलाई पक्राउ पुर्जी जारी गर्यो । सुमितको नाममा पुर्जी जारी भए पनि उक्त स्थानमा निर्माणाधीन पुलको ठेक्का सम्झौतापत्रमा हरिनारायण रौनियारको हस्ताक्षर छ ।
सुमित हरिनारायणका छोरा हुन् । पक्राउ पुर्जी जारी भएको सात दिन बितिसक्दा पनि सुमितलाई प्रहरीले फेला पार्न सकेको छैन । गएको प्रतिनिधिसभा निर्वाचनमा टिकट पाउने निश्चित भएपछि हरिनारायण संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए । २०७३ चैत अन्तिम साता केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पर्साको पोखरियामा आयोजित विशेष कार्यक्रममा रौनियारलाई टीका र माला लगाएर पार्टी प्रवेश गराएका थिए ।
चुनावी अभियानका क्रममा प्रतिस्पर्धीले रौनियारलाई पप्पु कन्स्ट्रक्सनको सञ्चालकका रूपमा कुप्रचार गर्न थालेपछि उनले छोरा सुमितलाई कागजी सञ्चालक बनाएका थिए । त्यसैको आधारमा रौतहट प्रहरीले उक्त दुर्घटनापछि सुमितलाई सोधपुछका लागि बोलाएको हो । गत भदौ ९ गते रौतहटको गौर नगरपालिका–४ स्थित टिकुलिया घाटमा डुंगा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो ।
कागजी रूपमा सुमितलाई सञ्चालक बनाए पनि सांसद रौनियार कन्स्ट्रक्सनको ठेक्का सम्झौता, भुक्तानीका लागि सरोकारवाला अड्डामा आफैं जाने गरेका छन् । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १७ असोज २०७५, ०७ : ०६
लेखकबाट थप