काठमाडौं। फ्रान्सले ‘आवश्यक हुँदासम्म’ युक्रेनलाई समर्थन जारी राख्ने राष्ट्रपति म्याक्रोँले बताएका छन् ।अमेरिकी राष्ट्रपति जो बाइडेनले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) सम्मेलनमा छलफल भएका विषयबस्तुमा प्रभावकारीरूपमा प्रस्तुति दिएको र फ्रान्सले युक्रेनलाई दिँदै आएको समर्थनमा आगामी दिनमा पनि कत्ति पनि कमी नआउने फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले बिहीबार बताएका हुन् ।
म्याक्रोँले भने, 'वासिङ्टनमा जारी नाटोको शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन ‘जिम्मेवारपूर्ण र सावधानीपूर्वक’ प्रस्तुत हुनुभएको थियो ।' नाटोलाई दिने सहयोगको सम्बन्धमा फ्रान्स आफ्नो अडानबाट पछि नहटेको र समर्थन जारी रहन उनले बताए ।
म्याक्रोँले पत्रकारसँग भने, 'हिजो रात्रिभोजमा राष्ट्रपति बाइडेनसँग वार्ता गर्ने मौका मिल्यो । मैले मुद्दाहरूका बिषयमा सधैँजसो स्पष्ट र प्रभावकारीरूपमा प्रस्तुत भएको अमेरिकी राष्ट्रपतिको रूपमा मैले उहाँलाई पाएँ ।'
फ्रान्सेली राष्ट्रपतिलाई बाइडेनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रूसी समकक्षी भ्लादिमिर पुटिनको रूपमा परिचय गराउनुभएको बारे पनि प्रश्न गरिएको थियो ।
दुई हप्ता अघि डोनाल्ड ट्रम्पविरुद्धको कमजोर बहस प्रदर्शनपछि राष्ट्रपति बाइडेनबाट भएको यो गल्तीले उनको उमेर र मानसिक तीक्ष्णताको बारेमा डेमोक्र्याटिक पक्षधर नेताहरूबीच थप चिन्ता बढाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ असार २०८१, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनमा रुसी ड्रोन आक्रमण, चार जनाको मृत्यु
रुसी पत्रकारसहित ६ जनाको मृत्यु
रुस र युक्रेनबीच लगातार आक्रमण र प्रत्याक्रमण हुन थालेपछि शान्ति वार्ता सफल हुनेमा आशंका
युक्रेनले तेल भण्डारणमा आक्रमण गरेको रुसको आरोप
युक्रेनलाई फेरि दिन थाल्यो अमेरिकाले हतियार
युक्रेन र अमेरिकाबीच समझदारी: ३० दिने अस्थायी युद्ध विरामको सहमति