एकीकृत समाजवादी नयाँ सरकारमा सहभागी नहुने

सफल खबर संवाददाता

शुक्रबार, २८ असार २०८१, १२ : ३८
एकीकृत समाजवादी नयाँ सरकारमा सहभागी नहुने

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) अब बन्ने नयाँ सरकारमा सहभागी नहुने भएको छ । सरकारलाई गुण र दोषका आधारमा सहयोग गर्ने नेता मेटमणि चौधरीले बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्ने पार्टीले आफ्ना सांसदलाई सरकारको पक्षमा मतदान गर्न निर्देशन दिएको छ ।

वर्तमान सरकारमा रहेका नेकपा (एमाले), जनता समाजवादी पार्टी नेपाललगायत केही दल सरकारबाट बाहिरिएपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेकाले आज (शुक्रवार) संसद्बाट विश्वासको मत लिने कार्यतालिका छ ।

वामपन्थी शक्तिको एकतालाई जोड दिएर समाजवादी मोर्चामा आबद्ध सो पार्टीको  प्रतिनिधिसभामा १० सिट तथा राष्ट्रियसभामा आठ सिट छ । पार्टीको तर्फबाट वर्तमान मन्त्रिपरिषद्मा दुई मन्त्री तथा सुदूरपश्चिम प्रदेशको नेतृत्व गरेको छ ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस