प्राधिकरणले थप दुई उद्योगको लाइन काट्यो

सफल खबर संवाददाता

विहीबार, २८ असार २०८१, ११ : ४८
प्राधिकरणले थप दुई उद्योगको लाइन काट्यो

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले बक्यौता रकम नतिर्ने थप दुई उद्योगको लाइन काटेको छ ।भैरहवाको जगदम्बा सिन्थेटिक्स र  सिमराको हुलास स्टीलको लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार जगदम्बाले २० करोड ५० लाख रुपैयाँ हुलास स्टीलले १४ करोड १२ लाख रुपैयाँ बराबरको बक्यौता तिर्न बाँकी छ ।बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने योजनाअनुसार दुई दिनअघि प्राधिकरणले तीन उद्योगको लाइन काटेको थियो । 

प्रतिक्रिया दिनुहोस