काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक शुरू भएको छ । नेपाली कांग्रेससँग सत्ता समीकरण बनाउने सहमतिपछि मन्त्री छान्ने मापदण्ड र नेताहरूको कार्यविभाजन सहितका विषयमा छलफल गर्न बुधबार बिहान च्यासलस्थित केन्द्रीय कार्यालयमा एमालेको सचिवालय बैठक शुरू भएको हो ।
एमालेले यसपटक प्रभावकारी काम गर्न सक्ने सांसदलाई मन्त्री बनाउने तयारी गरेको छ । यसको लागि यसअघि मन्त्री, सांसद र नेताका रूपमा गरेका कार्यसम्पादनलाई आधार मान्दै मन्त्री चयन गर्ने तयारी एमालेको छ ।
यसपटक केही नयाँ अनुहारका नेतालाई पनि मन्त्री बनाउने तयारी एमालेको छ । असार १७ गते एमाले र कांग्रेसबीच नयाँ सत्ता समीकरण बनाउने समझदारी भएको छ ।समझदारीअनुसार पहिलो दुई वर्ष एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्नेछन् । त्यसपछिको डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सरकारको नेतृत्व गर्नेछन् ।
कांग्रेस र एमालेबीच मन्त्रालय आधा आधा भागबन्डा गर्ने समझदारी पनि भएको छ । अर्थ एमाले र गृह मन्त्रालय कांग्रेसले लिने समझदारी भए पनि अरु मन्त्रालयको भागबन्डा पनि टुंगिसकेको छैन ।
मन्त्री छान्ने मापदण्ड बनाउने र प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने प्रक्रिया पूरा गरेपछि सरकार गठनको प्रक्रियामा लाग्ने तयारीमा कांग्रेस र एमाले छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ असार २०८१, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले देशभरका वडामा जनचेतना फैलाउने
एमाले प्रचार विभाग सचिवबाट पाण्डेले दिए राजीनामा
सरकार परिवर्तनकाे कुनै सम्भावना छैन: एमाले प्रमुख सचेतक
एमाले सचिवालयको बैठक बस्दै
पर्फमेन्स दिन नसक्ने मन्त्रीहरू राखिराख्न आवश्यक छैन : रघुजी पन्त
रसुवा एमालेमा पहिरो, एकपछि अर्काे नेताले छोडन थाले पार्टी