मुकुलबारे निर्णय लिन रास्वपाद्वारा केन्द्रीय समितिको बैठक आह्वान

सफल खबर संवाददाता

सोमबार, २४ असार २०८१, १५ : ३२
मुकुलबारे निर्णय लिन रास्वपाद्वारा केन्द्रीय समितिको बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बित महामन्त्री मुकुल ढकालबारे निर्णय गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ ।

मंगलबार बिहान ८ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाइएको हो । बैठकमा अनुशासन समितिले बुझाएको प्रतिवेदन माथि छलफल हुने कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनले भने, ‘अनुशासन समितिले हिजो प्रतिवेदन बुझाएको छ । त्यसमा छलफल गर्छौँ । बैठकमा एजेण्डामा समसामयिक र विविध पनि छ ।’रास्वपाको गत बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री मुकुल ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो । थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो ।