काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको पहिलो प्रथम बैठक पार्टी केन्द्रीय कार्यालय काठमाडौँको आलोक नगरमा सुरु भएको छ । दसौँ राष्ट्रिय महाधिवेशन सम्पन्न पश्चात् शनिवार दिउँसो पार्टीको बैठक बोलाइएको हो ।
बैठक सुरु हुनुअघि भएको कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपालले दसौँ राष्ट्रिय महाधिवेशनका स्वयंसेवकहरूलाई कुशलतापूर्वक महाधिवेशन सम्पन्न गरेकोमा प्रशंसापत्र प्रदान गरेका छन् । आजै आयोजित कार्यक्रममा भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन समाजवादीले नवनिर्वाचित केन्द्रीय कमिटीलाई बधाई ज्ञापन गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ असार २०८१, १४ : २२
लेखकबाट थप