राप्तीको बाढीमा फसेका दुई जनाको उद्धार, एक जना बेपत्ता

सफल खबर संवाददाता

शनिबार, २२ असार २०८१, १० : २७
राप्तीको बाढीमा फसेका दुई जनाको उद्धार, एक जना बेपत्ता

File pic

दाङ । दाङको राप्ती नदीमा ठूलो बाढी आएको छ । नदीमा आएको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार  गरिएको छ ।

लमही नगरपालिका–७ हस्नापुरस्थित नदीको बाढीमा फसेकामध्ये दुई जनाको सकुशल उद्दार गरिएको छ भने एक जना बेपत्ता भएका छन् । 

राजपुर गाउँपालिका–२ का किसान दूध बेचेर फर्किने क्रममा राप्ती नदीको बाढीमा फसेका थिए । 

तीन जनासँगै रहे पनि एक जनालाई बाढीले बगाएको थियो । दुई जना सिमलको रुखमा चढेर बसेका थिए । 

उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनको खोजीका लागि सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट टोली खटिएको छ । 

सुरक्षाकर्मीले दुई जनालाई सकुशल उद्दार गरेको प्रहरी सहायक निरीक्षक प्रकाश ढकालले जानकारी दिए ।

राजपुर–२ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्धार गरिएको छ । उनीहरूसँगै रहेका १८ वर्षीय राजकुमार यादव बगेर बेपत्ता भएका हुन् ।

प्रतिक्रिया दिनुहोस