जुम्लामा कल्भर्ट भत्कियो, च्यापिएर १ को मृत्यु, ३ जना घाइते

सफल खबर संवाददाता

शनिबार, २२ असार २०८१, ०७ : २७
जुम्लामा कल्भर्ट भत्कियो, च्यापिएर १ को मृत्यु, ३ जना घाइते

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो कल्भर्ट भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन्। 

पातारासी– १ निवासी ५३ वर्षीय रन बुढाको शुक्रबार घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए। 

घटनामा पातारासी–१ का ४१ वर्षीय कर्ण ऐडी, १८ वर्षीय सुरेश बुढा र १६ वर्षीय धन ऐडी घाइते भएका छन्। 

जुम्लाको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो कल्भर्ट भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन्। 

प्रतिक्रिया दिनुहोस