काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले संसद्को सामना गर्ने आँट गर्नुपर्ने बताएका छन् । आज महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू अहिलेको सरकारमा कायम रहेको उल्लेख गर्दै यस सरकारले संसद्को सामना गर्ने आँट राख्नुपर्ने बताए ।
उनले पार्टीहरू बिचको सम्बन्धलाई कायम राख्न आवश्यक रहेको बताए । सबै राजनीतिक दलहरूले संसद्लाई बलियो बनाउनका लागि र अहिलेको परिपाटीलाई बचाउनका लागि मिलेर अघि बढ्नुपर्ने बताए ।
उनले आफ्नो दलले लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न, परिवर्तनको गतिलाई तीव्र बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने बताए ।उनले भने, ‘यो सरकारले संसद्को सामना गर्ने आँट राख्नुपर्छ ।
पार्टीहरू बिचको सम्बन्धलाई कायम राख्नुपर्छ । सबै राजनीतिक दलहरूले संसद्लाई बलियो बनाउनका लागि र अहिलेको परिपाटीलाई बचाउन, जोगाउनका लागि मिलेर अघि बढ्नुपर्छ ।’अध्यक्ष नेपालले राष्ट्रिय सरोकारका विषयमा व्यापक परामर्श गरेर मात्रै अघि बढ्न आवश्यक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ असार २०८१, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वाधीन अर्थतन्त्र निर्माण गर्न सके शहीदप्रति सच्चा श्रद्धाञ्जली हुनेछ : अध्यक्ष नेपाल
कम्युनिष्टहरुलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको छ : माधव नेपाल
माधव नेपाल र वामदेव गौतमबिच आलोकनगरमा छलफल
जागरण अभियान चलाउनेबारे माधवले गरे छलफल
माधव नेपाल भेट्न आलोकनगर पुगे वामदेव गौतम
महाधिवेशनपछि पार्टीको गति बढ्यो : माधव नेपाल