संसदीय विशेष छानविन समितिले आज गृहसचिव र प्रहरी महानिरीक्षकसँग छलफल गर्ने

सफल खबर संवाददाता

शुक्रबार, २२ असार २०८१, १० : १२
संसदीय विशेष छानविन समितिले आज गृहसचिव र प्रहरी महानिरीक्षकसँग छलफल गर्ने

काठमाडौं ।  सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिले शुक्रबार गृहसचिव र प्रहरी महानिरीक्षकसँग छलफल गर्ने भएको छ। 

समितिको कार्यालय सिंहदरबारमा बिहान ११ बजे बस्ने बैठकमा गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई बोलाइएको छानबिन समितिका संयोजक सूर्य थापाले जानकारी दिए। 

देशभरका प्रहरी कार्यालयहरुले सहकारीको रकम अपचलनसम्बन्धी अनुसन्धान गरिरहेकाले मुद्दाबारे जानकारी लिन उनीहरूलाई छलफलमा डाकिएको हो । समितिले छानविनको दायरामा रहेका २९ वटै सहकारीका संचालकहरुलाई सम्पर्कमा आउन पनि अनुरोध गरेको छ। 

समितिले पाएको ३ महिनाको निर्धारित समयभित्रै छानबिन सक्ने गरी काम गरिरहेको दाबी गरेको छ ।  

प्रतिक्रिया दिनुहोस