कस्तो रहला आजको मौसम ?

सफल खबर संवाददाता

शुक्रबार, २१ असार २०८१, ०७ : ०२
कस्तो रहला आजको मौसम ?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।

कोशी,  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।  

आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी र  लुम्बिनी  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।  

त्यस्तै आज राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

कोशी,   मधेश, गण्डकी , लुम्बिनी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस