शौच गर्न खोलामा गएकी महिलालाई बाढीले बगायो

सफल खबर संवाददाता

बुधबार, १९ असार २०८१, ०६ : ४०
शौच गर्न खोलामा गएकी महिलालाई बाढीले बगायो

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित गोठी खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ। 

सोही वडाको रानागाउँ बस्ने ५१ वर्षीया ताराकुमारी गुरुङलाई मंगलबार खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ। 

गुरुङको शव परीक्षणका लागि राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए। 

खेतमा काम गर्न गएकी उनी शौच गर्न खोलातर्फ गएकी थिइन्। खोलामा एक्कासी आएको बाढीले बगाउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस