काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले विस्तारित बैठक बोलाएको छ । बैठक असार २० र २१ गते काठमाडौँमा बस्ने भएको हो ।
बैठकमा संगठन निर्माण, कार्यक्रम, कार्ययोजनालगायतको विषयमा छलफल हुने क्रान्तिका नेता सन्तोष मेहताले बताए । यसअघि बसेको विस्तारित बैठकले जेठ ७ देखि असार १ गतेसम्मका लागि तय गरेको सम्पूर्ण कार्यक्रम सम्पन्न गरेको छ ।
अब अगामी कार्यक्रम तथा कार्ययोजना र संघर्षका कार्यक्रम तय गर्नका लागि बैठक बस्न लागेको उनले बताए ।विस्तारित बैठकमा प्रस्तुत हुने एजेन्डाको बारेमा छलफल गर्न मंगलबार राष्ट्रिय क्रान्ति फोरमको कोर ग्रुपको बैठक चलिरहेको छ । सो बैठकले एजेण्डा तय गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ असार २०८१, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको मुद्दा बार्गेनिङमा टुङ्ग्याउन खोजिँदै छ : राजेन्द्र महतो
राजेन्द्र महतोको पार्टीको नाम फेरियो
नदी मापदण्डविरुद्धको प्रदर्शनमा माइतीघरको सडकमा सुते राजेन्द्र महतो
अहिलेको संविधान रक्तरञ्जित छ, यसको पूनर्लेखन आवश्यक छ : राजेन्द्र महतो
राजेन्द्र महतोद्वारा पार्टी घोषणा
राजेन्द्र महतोले दिए बंगलादेशका नवनियुक्त प्रधानमन्त्री युनुसलाई बधाई