विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले न्यायिक समितिले सम्पादन गरेको फैसलामा राजनीतिक स्वार्थ देखिन नहुने बताएका छन् ।
प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, झापा एवं स्थानीय शासन सहयोग कार्यक्रमद्वारा संयुक्त रूपमा आयोजित न्यायिक समितिको प्रदेशस्तरीय तीन दिने कार्यशाला/सम्मेलनको आज उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले जनतालाई न्याय दिने सवालमा राजनीतिक प्रतिनिधि भए पनि फैसलामा राजनीतिक गन्ध आउन नदिन सचेत हुनुपर्नेमा जोड दिए ।
'तपाईंको फैसलाले न्यायिक समितिको विश्वास बढ्छ, त्यसैले कुनै पनि मुद्दाको फैसला नेपालको संविधान र कानूनअनुसार गर्नुहोला,' उनले भने ।सेवाग्राहीले औँला नठड्याउने गरी गर्ने फैसला सर्वमान्य हुने भएकाले अदालत जाने मुद्दा त्यहीबाट टुङ्गिने र जनताको खर्च पनि कम हुने भएकाले यसतर्फ सचेत रहन उनले सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ असार २०८१, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूपदार्थ दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ : मुख्यमन्त्री कार्की
विपक्षी दल फकाउँदै मुख्यमन्त्री कार्की, आङ्बोसँग भेटवार्ता
प्रादेशिक आमसञ्चार विधेयक सच्याउँछौं : मुख्यमन्त्री कार्की
अध्यादेशको विरोध गर्नुको औचित्य छैन : मुख्यमन्त्री कार्की
सामुदायिक विद्यालय मर्जरमा हामीले सघाउनुपर्छ : मुख्यमन्त्री कार्की
औद्योगिक सुरक्षाका लागि सरकार गम्भीर छ : मुख्यमन्त्री कार्की