काठमाडौं। नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड ४० औं वर्षमा प्रवेश गरेको छ । ३९औं वार्षिकोत्सव अवसरमा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले ग्राहक, संस्थापक, शेयरधनी, सञ्चालक समिति, नियामक निकाय, कर्मचारी र अन्य सरोकारवालाहरूलाई बैंकप्रति देखाइएको विश्वास र निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्दै बैंकको सफल यात्रामा सबैको महत्त्वपूर्ण योगदान रहेको बताए ।
यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेले बैंकले प्रदान गर्दै आएका वित्तीय सेवालाई अझ प्रभावकारी बनाउन आधुनिक प्रविधि अपनाइएको बताए । डिजिटल बैंकिङ सेवाहरूलाई थप सशक्त पार्ने प्रतिबद्धता उनले जनाए ।
‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नारा लिएको यस बैंकले ग्राहकवर्गहरूको सुविधालाई प्राथमिकता दिँदै नवीनतम् बैंकिङ सेवाहरु प्रस्तुत गरिरहने उनले जानकारी दिए।बैंकले आफ्नो वार्षिकोत्सवको अवसर पारी विगत ७ वर्षदेखि वित्तीय साक्षरतामा आधारित चित्र पुस्तकहरू प्रकाशन गर्दै आएको छ ।
यस ३९औं वार्षिकोत्सवमा पनि बैंकले आफ्नो सातौं सँस्करण 'डिजिटल बैंकिङको जादु' नामक चित्र पुस्तक सार्वजनिक गरेको छ ।
उक्त चित्रकथाको एउटा महत्त्वपूर्ण उद्देश्य बालबालिकालाई बैंकिङ प्रणाली तथा यसको प्रभावकारी प्रयोगबारे सचेत गराउनु र अर्को उद्देश्य अभिभावकहरूलाई आधुनिक डिजिटल बैंकिङ सेवाको प्रयोग गर्न प्रेरित गराउनु रहेको बैंकले जनाएको छ ।
३९औं वार्षिकोत्सवको अवसरमा बैंकले नयाँ बचत खाता ‘नव आयाम बचत खाता’ ल्याएको छ।जुन खाता ग्राहकले रु.३९ मौज्दात मै खोल्न सक्नेछन् भने यसमा रु. ३९ मा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ) सुविधा, रु. ३९ मा भर्चुअल प्रिपेड कार्ड सुविधा, रु. ३९ मा डेबिट कार्ड सुविधा, रु. ३९ मा क्रेडिट कार्ड सुविधा र लकर सुविधामा पनि ३९ प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले हाल २८३ शाखा, २६६ एटीएम, ६५ एक्स्टेन्सन काउन्टर, ६६ शाखारहित बैंकिङ काउण्टरबाट सेवा प्रदान गरिरहेको छ ।
उत्कृष्ट सेवा र व्यवसायका लागि ७ वटा ‘बैंक अफ दि एयर’ अवार्ड प्राप्त गरिसकेको यस बैंकले अन्तर्राष्ट्रिय युरो मनीबाट ‘बेस्ट बैंक २०१८’, ‘बेस्ट बैंक २०२१’ र ‘बेस्ट बैंक २०२३’ का लागि युरोमनी अवार्डहरू प्राप्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ फागुन २०८१, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भद्रपुरमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नयाँ शाखा विस्तार