काठमाडौं । नेकपा एमालेका सांसद लिलानाथ श्रेष्ठले चीनले अघि सारेको बेल्ट एन्ड रोड (बीआरआई) परियोजना नेपालको समेत हितमा रहेको बताएका छन् । पछिल्लो समय संसदमा बीआरआईका सम्बन्धमा ब्यापक बहस चलिरहेको उल्लेख गर्दै उनले यसअन्तर्गतका परियोजना अनुदानमा मात्रै लिनुपर्छ वा ऋण समेत लिन सकिन्छ भन्ने चिन्ता स्वभाविक रहेको बताए ।
‘तर, भोलि यो पाकिस्तन जस्तो हुन्छ, श्रीलंका जस्तै हुन्छ भनेर ब्यापक बहस चलिरहेको छ । स्वभाविक हो चिन्ता जाहेर गर्नु राम्रो कुरा हो । तर, दुई देशबीच भएको सम्झौता कार्यान्वयन गर्ने कि नगर्ने ?’ सोमबार प्रतिनिधि सभामा विशेष समयमा बोल्दै सांसद श्रेष्ठले भने ।
बीआरआई जस्तै सम्झौता नेपालले भारतसँग पनि गरेको उनले बताए । उदाहरणका रुपमा रक्सौलदेखि काठमाडौंसम्म रेल ल्याउने सम्झौतालाई देखाए ।बीआरआई जस्ता दुई देशका बीचमा हुने सम्झौताहरु कार्यान्वयन गर्ने कि नगर्ने भन्ने नै अहिलेको प्रमुख प्रश्न रहेको उनले दोहोर्याए । बीआरआईले नेपालको विकासमा धेरै ठूलो महतव राख्ने पनि उनले बताए ।
‘दुई देशबीचको यो अत्यन्त महत्वपूर्ण योजना हो । जसले नेपालको विकासमा धेरै ठूलो महत्व राख्छ’ सांसद श्रेष्ठले भने ।एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला चीनसँग व्यापार सन्धि र पारवाहन सन्धि भएको उनले स्मरण गरे । यहीँनेर एमाले सांसद श्रेष्ठले भारतले नेपालमाथि गरेको नाकाबन्दी स्मरण गरे ।
‘विगतमा चीनसँग व्यापार सन्धि र पारवाहन सन्धि थिएन । त्यतिखेर चार वटा समुन्द्री मार्ग र ६ वटा स्थलमार्गबारे ऐतिहासिक सम्झौता भएको थियो । जतिखेर भारतको नाकाबन्दीले गर्दा नेपाली जनताहरुले खाद्यान्न लगायत पेट्रोलियम पदार्थहरु पाइरहेका थिएन ।’
भारतसँग मात्रै पारवहन र व्यापार सन्धि भारतसँग मात्रै गरेको हुँदा समस्या परेको भनेर तत्कालीन सरकारले नाकाबन्दीपछि चीनसँग पनि पारवहन र व्यापार सन्धि गरेको उनले स्मरण गरे ।
विगतका भएका सम्झौता कार्यान्वयन गर्नु दुवै देशको हितमा हुने उल्लेख गर्दै उनले बीआरआई पनि कार्यान्वयन सम्झौता गर्न आवश्यक रहेको बताए । बिआरआई अन्तर्गतको योजनाले नेपालको विकासमा सहयोग पुर्याउने विश्वास दोहोर्याए ।विश्वासका एक सय भन्दा बढी देशले यो सम्झौता गरिसकेको पनि उनले बताए । ‘नेपालको हितलाई ख्याल गरेर यसलाई अविलम्ब अगाडि बढाइयोस्’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ असार २०८१, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले सचिवालय बैठक आज बस्दै, वामदेवबारे छलफल हुने
विराटनगरमा १८ जना एमाले कार्यकर्ताले दिए सामूहिक राजीनामा
सचिवालय बैठक बोलाउने एमालेको तयारी
रास्वपाको राजनीतिक प्रतिशोधको बेलुन जिल्ला अदालतमा फुस्कियो : सूर्य थापा
पूर्व सांसदलाई पनि एमालेले गर्यो कारवाही
धनगढीमा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक जारी