काठमाडौँ। सभामुख देवराज घिमिरेले संसद् कानुन बनाउने थलो मात्रै नभई राष्ट्र निर्माण गर्ने महत्त्वपूर्ण केन्द्र भएको बताएका छन् । आइतबार संसद् भवनमा ६६ औँ संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले संसद्लाई विधायन निर्माण गर्ने ठाउँ मात्रैका रूपमा बुझ्न नहुने पनि बताए । संसद्को कूटनीतिले मात्रै जनताका भावनाहरू एक ठाउँमा ल्याउन सकिने उनले बताए । उनले संसदीय कूटनीतिले देशलाई ठिक दिशामा लैजान महत्त्वपूर्ण भूमिका खेल्ने समेत बताए ।
सभामुख घिमिरेले सरकार पनि संसद्बाटै निर्देशित हुने भन्दै संसद्ले लिने अठोट र भूमिकाले नै देशलाई ठिक दिशामा चलाउन सकिने बताए ।उनले संसद्ले जनताको हृदयमा संसदीय कूटनीतिलाई स्थापित गर्ने गरी व्यवहारतः काम गर्न सक्छ कि सक्दैन ? भन्ने कुरा नै अहिलेको मननयोग्य कुरा रहेको बताए ।
उनले अहिले संसद्ले २०१५ सालको निर्वाचनको परिणामदेखि संसद्ले खेलेका भूमिकालाई अर्काइभ गर्ने, डिजिटलाइज गर्ने कामहरू गरिसकेको बताए ।घिमिरेले २००७ सालदेखि बनेका कानुनहरू अहिलेको प्रविधिअन्तर्गत डिजिटलाइज गर्ने, अर्काइभ गर्ने र सुरक्षित गर्ने काममा संसद् लागिपरेको बताए ।
सभामुख घिमिरेले अहिले संसद्लाई प्रभावकारी बनाउने, नेपालको कूटनीतिलाई ठिक ढङ्गबाट निर्क्याेल गर्ने, विश्वव्यापी रूपमा कूटनीतिक व्यवहार प्रयोग गरी नेपाललाई अघि बढाउने कुरामा केन्द्रित भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ असार २०८१, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान
संसद् अवरुद्धबारे सभामुखद्वारा प्रमुख सचेतकहरूसँग छलफल
सभामुखको सचिवालयले भन्यो– प्रधानमन्त्रीले जवाफ दिने सूचना छैन
संसदमा विचाराधीन विधेयकहरू शीघ्र टुंग्याउँछौँः सभामुख घिमिरे
नेपाल- चीनबिच पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक छ : सभामुख घिमिरे
सशक्त प्रेस लोकतन्त्रको आधारभूत सिद्धान्त : सभामुख घिमिरे