इरानको राष्ट्रपति निर्वाचनमा सुधारवादी नेतालाई अग्रता

सफल खबर संवाददाता

शनिबार, १५ असार २०८१, १५ : ५२
इरानको राष्ट्रपति निर्वाचनमा सुधारवादी नेतालाई अग्रता

तेहरान । इरानमा शुक्रबार भएको राष्ट्रपतीय निर्वाचनमा भएको मतदानपछि मतगणनाको रुझान आइरहेको छ जसमा अहिले सुधारवादी नेता भनिने मसुद पेजेस्कियानले अग्रता लिइरहेको देखिन्छ । पेजेस्कियानले अहिलेसम्म अग्रता बनाउँदै सइद जलिलीभन्दा १० लाख मतले अगाडि छन् ।

हिजो भएको मतदानमा रेकर्ड गिरावट देखिएको थियो । यसले इरानको सरकारी प्रणालीको वैधतामा गिरावट आएको संकेत गर्ने विज्ञहरु बताउँछन् ।इरानको चुनावमा उम्मेदवार रहेका चार जना उम्मेदवारलाई अल्ट्रा-कन्जरभेटिभ गार्डियन काउन्सिलले चयन गरेको थियो। यो परिषद् सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले तय गरेका थिए।

६९ वर्षीय मसुद पेजेस्कियान सुधारवादी भएकाले चुनाव लड्नु ठूलो निर्णय भएको बताइएको छ । उनी पूर्व मुटु शल्यचिकित्सक हुन् भने स्वास्थ्यमन्त्री भइसकेका छन् ।उनले इरानमा महिलाको कडा ड्रेस कोडमा इरानको मोरालिटी पुलिसको कारबाहीलाई अनैतिक भनेका छन् ।

प्रतिक्रिया दिनुहोस