काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीको नेतृत्व सहमतिमा नै टुङ्गियोस् भन्ने कार्यकर्ताहरूको चाहना रहेको दाबी गरेका छन् । शनिबार पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्या आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीका दस्ताबेजहरू जस्तै नेतृत्व पनि सहमतिमा नै टुङ्गिनुपर्ने बताएका हुन् ।
‘केन्द्रीय कमिटीमा सबै दस्ताबेजमाथि व्यापक छलफल गर्यौँ । राजनीतिक प्रतिवेदन, समाजवादी क्रान्तिको कार्यक्रम, संगठात्मक प्रस्ताव र विधान गरी सर्वसम्मत रुपमा चारवटै दस्ताबेज पारित पनि भएका छन्,’ अध्यक्ष नेपालले भने, ‘सहमतिका साथ दस्ताबेज पारित गरियो भन्ने सुनेपछि कार्यकर्तामा उत्साहको लहर सृष्टि भएको छ । अब पार्टीको नेतृत्व पनि सहमतिका साथ टुङ्गो लगाइयोस् र नेताहरू मिलेर अगाडि बढुन् भन्ने चाहना रहेको हामीले सुनिरहेका छौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ असार २०८१, १३ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजा महाराजाको कुनै काम छैन : माधव नेपाल
राजतन्त्रको औचित्य छैन: माधव नेपाल
यो कास्टिङ मात्र हो, प्रतिगामीहरू होसियार : माधव नेपाल
भाषा, संस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य हो : माधव नेपाल
ओली सरकार साना र प्रतिद्वन्द्वी पार्टीलाई समाप्त पार्न खोज्दैछ : माधव नेपाल
केपी ओली मुलुक सञ्चालनमा गम्भीर हुनुहुन्न : माधव नेपाल