कास्कीमा २१ विद्यार्थीले ल्याए ४ जीपीए

सफल खबर संवाददाता

शुक्रबार, १५ असार २०८१, ११ : ०७
कास्कीमा २१ विद्यार्थीले ल्याए ४ जीपीए

पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा कास्कीका २१ विद्यार्थीले उच्च ग्रेड प्राप्त गरेका छन् । गत वर्षको तुलनामा यो संख्या बढेको हो ।

साधारणतर्फ २१ जनाले ४ जीपीए ल्याए भने ३.६ देखि ४ जिपिएसम्म १ हजार ५ सय ७५ जना, ३.२ देखि ३.६ भन्दा कम ल्याउने २ हजार ५ सय ७७ जना छन् । २.८ देखि ३.२ सम्म ल्याउने २ हजार २ सय २६ जना, २.४ देखि २.८ सम्म ल्याउने ६ सय ५५ जना र २ देखि २.४ सम्म ल्याउने २३ जना छन् । एनजी (ननग्रेड) तथा अब्सेन्ट (अनुपस्थित) गरी २ हजार ९ सय ३ जना छन् ।

प्राविधिकतर्फ कुल २ सय १९ विद्यार्थीमध्ये ३.६ देखि ४ जिपिए भन्दा कम ल्याउने १० जना, ३.२ देखि ३.६ सम्म ल्याउने ६३ जना र २.८ देखि ३.२ सम्म ल्याउने ४८ जना छन् । यसमा एनजी तथा अब्सेन्ट देखाउने ९८ जना छन् । गत वर्ष कास्कीबाट ३ जनाले मात्रै ४ जीपीए ल्याएका थिए ।

मदरल्याण्ड माविका १० जना विद्यार्थीले ४ जीपीए ल्याए । यस्तै, डिज्नील्याण्डका ३, गण्डकी बोर्डिङका २ जना छन् । एसओएस, बालोदय मावि, सैनिक आवासीय मावि, सिर्जना मावि, नेशनल इन्भेन्टिभ र शान्ति निकेतनबाट १÷१ जना विद्यार्थीको ४ जीपीए आएको सम्बन्धित विद्यालयले जनाएका छन् ।

चैत १७ देखि २७ सम्म भएको परीक्षामा कास्कीबाट १० हजार १ सय ७४ जना परीक्षार्थीले एसइई परीक्षा दिएका  शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले जानकारी दिए । ग्रामिण क्षेत्रका धेरै विद्यार्थी अनुत्तीर्ण भएका छन् । जसका कारण पालिकाप्रति नागरिकहरुले शिक्षा क्षेत्र विगारेको आरोप सहित प्रतिक्रिया दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस