निर्मला हत्या प्रकरण : पक्राउ गरिएका तीनै जनामा मानसिक समस्या

पत्रपत्रिकाबाट

सोमबार, १५ असोज २०७५, ०७ : ०८
निर्मला हत्या प्रकरण : पक्राउ गरिएका तीनै जनामा मानसिक समस्या

भीमदत्त नगरपालिका २ बागफाँटाका ४१ वर्षीय दिलीप विष्ट ८ कक्षा पढ्दादेखि नै मानसिक रुपले अस्वस्थ थिए ।

निर्मला पन्त हत्या प्रकरणमा प्रहरीले पक्राउ गरेपछि उनको स्वास्थ्य झन् बिग्रिएको छ ।

हिरासतमा यातना दिइएकाले उनी मानसिक रुपमा झन् कमजोर भएको परिवारले जनाएका छन् ।

२५ दिन हिरासतमा राखिएका विष्ट डिएनए परीक्षणमा निर्दोष देखिएपछि मुक्त गरिएका थिए।

दाजु खडकका अनुसार अहिले उनी नयाँ मान्छे देख्नेबित्तिकै डराउँछन् । सुतिरहेका बेला पनि ‘कुटिहाल्यो, मारिहाल्यो, बचाऊ बचाऊ’ भन्दै चिच्याउँछन् । ‘पहिलेदेखि नै अस्वस्थ थियो, अहिले झन् बिग्रिएको छ,’ उनले भने, ‘घरकै मान्छे देख्दा पनि डराउँछ, भाग्छ ।’

प्रहरीले पक्राउ गर्नुअघिसम्म दिलीप एक्लै महेन्द्रनगर बजार आउजाउ गर्थे । अहिले घरबाट बाहिरै निस्किँदैनन् । स्वभाव एकोहोरो भएको छ । नुहाउन थाले दिनभरि नुहाइराख्छन्। दाँत माझ्न थाले लामो समय त्यही गरिराख्छन् ।, यो खबर आजकोकान्तिपुर दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस