काठमाडौ । राप्रपाले जिल्ला अध्यक्षहरूको भेला बोलाएको छ। भेला आउँदो साउन १७ र १८ गते काठमाडौंमा हुने महामन्त्री राजेन्द्र गुरूङले जानकारी दिए।
सांगठनिक अवस्थाको समिक्षा गर्न राप्रपाले बोलायो जिल्ला अध्यक्षहरुको भेला राप्रपाले पार्टीको समग्र सांगठनिक अवस्थाको समिक्षा गर्न, पार्टी निर्माणका चुनौति र सम्भावना पहिचान गरी आवश्यक रणनीति तय गर्न, निकट भविष्यमा हुने निर्वाचनहरुको तयारी थाल्न देशका सबै जिल्ला कार्यसमिति अध्यक्षहरुको भेला गर्न लागिएको उनले बताए।
राप्रपाले सबै जिल्ला कार्यसमितिका अध्यक्षहरुलाई अनिवार्य उपस्थित हुन परिपत्र गर्दै जिल्लाको समग्र सांगठनिक अवस्था, सक्रिय सदस्यता वितरण, नवीकरण भइसकेका र हुन बॅाकीको विवरण, नयॅा सक्रिय सदस्यता वितरणको योजना, जिल्ला अन्तर्गतका सबै तहका कार्यसमितिको नामावली सहितको विवरण, जिल्ला र भातृ संगठनको अवस्था समेटिएको प्रतिवेदन सहित उपस्थित हुन जिल्ला अध्यक्षहरुलाई पत्राचार गरेको महामन्त्री गुरुङ्गले बताएका छन् ।
भेलामा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति, पार्टीले लिएका रणनीति, भावी कार्ययोजनाका सम्बन्धमा जिल्ला अध्यक्षहरुलाई ‘ब्रिफिङ्’ गर्नुहुनेछ भने पार्टीका वरिष्ठ नेताहरुले पार्टी जीवनका विविध पक्षहरुमा अन्तरक्रियात्मक छलफल गर्ने कार्यक्रम तय भएको पनि गुरुङ्गले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ असार २०८१, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको निर्णय
तीनकुने घटनाको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ: राप्रपा
झूटा मुद्दा लगाए जनताले तिमीहरूका घर घेर्छन् : ज्ञानेन्द्र शाही
बल्खुमा राप्रपाको खबरदारी सभा (तस्बिरहरु)
बल्खुमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ
राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै