काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ ।
बिहान ११ बजे बैठकमा सभामुखले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम मनोनयन गर्ने, संयुक्त समितिअन्तर्गतको संसदीय सुनवाइ समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ ।
त्यस्तै सभामुखले विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री हितबहादुर तामाङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन सहितको अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८’ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची छ ।
मन्त्री तामाङले नै ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१’ पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ असार २०८१, ०६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१९ वैशाखमा नीति तथा कार्यक्रम, २८ मा प्रिबजेट
साहसिक खेलकुदबाट पर्यटनको विकास गर्न सकिन्छ : सभामुख
शोक प्रस्ताव पारित गर्दै संसद् बैठक सकियो
प्रधानमन्त्री ओली थाइल्याण्ड भ्रमणमा जाने
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने
दुई दिनदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक आज बस्दै