प्रतिकूल मौसमले ‘भीआईपी’ सवार जहाज भैरहवामा अवतरण हुन नसकेपछि काठमाडौँ फिर्ता

सफल खबर संवाददाता

बुधबार, १२ असार २०८१, १४ : ५१
प्रतिकूल मौसमले ‘भीआईपी’ सवार जहाज भैरहवामा अवतरण हुन नसकेपछि काठमाडौँ फिर्ता

काठमाडौँ । प्रतिकूल मौसमका कारण ‘भीआईपी’ सवार बुद्ध एयरको ‘यू४-८८१’ उडान नम्बरको जहाज भैरहवा अवतरण गर्न नसकेपछि काठमाडौँ फिर्ता भएको छ । 

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, राष्ट्रिय योजना आयोग सदस्य डा. रामकुमार फुयाँलसहित यात्रु चढेको जहाज भैरहवास्थित गौतमबुद्ध विमानस्थल अवतरण गर्न नसकी काठमाडौँ फिर्ता भएको हो । वर्षाका कारण जहाज अवतरण गर्न नसकी काठमाडौँ फर्किएको हो ।

पानी परेका कारण बिहान करिब ९ बजेको समयमा जहाज अवतरण हुन नसकेको विमानस्थलका प्रवक्ता दिपक कुमार बज्राचार्यले बताए । उनका अनुसार करिब एक घण्टापछि पूर्वतरुपमा जहाज उडान र अवतरण भएको छ ।

योजना आयोग टोली बुटवलस्थित बुटवल धागो कारखाना, धौवाधी फलाम उद्योग लगायत अनुगमनका लागि निस्केको थियो ।

प्रतिक्रिया दिनुहोस