एजेन्सी । रुसको कब्जामा रहेको क्रिमियामा युक्रेनको क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै १२० जना घाइते भएपछि रुसले बदला लिने बताएको छ । क्राइमियामा रुसले स्थापना गरेको स्थानीय प्रशासनले मृतकमध्ये तीन बालबालिका पनि रहेको जनाएको हो ।
अधिकारीहरूका अनुसार अमेरिकी निर्मित लामो दुरीका एटीएसीएमएस मिसाइलका टुक्राहरू सेभास्टोपोल बन्दरगाहको उत्तरी तटमा खसेकाले हताहत भएको छ। रुसी टिभीमा प्रसारित रिपोर्टहरूमा मानिसहरू समुद्र तटमा दौडिरहेको देखिन्छ।
यस हमलामा कयौँ व्यक्ति गम्भीर घाइते भएका छन् । अमेरिकाले युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र दिएको कारण यो आक्रमणको जिम्मेवार अमेरिका रहेको रुसको रक्षा मन्त्रालयले बताएको छ ।
रुसले चारवटा क्षेप्यास्त्र हावामा खसालेको तर पाँचौँ क्षेप्यास्त्र विस्फोट हुँदा हताहत भएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १० असार २०८१, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनमा रुसी ड्रोन आक्रमण, चार जनाको मृत्यु
रुसी पत्रकारसहित ६ जनाको मृत्यु
रुस र युक्रेनबीच लगातार आक्रमण र प्रत्याक्रमण हुन थालेपछि शान्ति वार्ता सफल हुनेमा आशंका
युक्रेनले तेल भण्डारणमा आक्रमण गरेको रुसको आरोप
युक्रेनलाई फेरि दिन थाल्यो अमेरिकाले हतियार
युक्रेन र अमेरिकाबीच समझदारी: ३० दिने अस्थायी युद्ध विरामको सहमति