८ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस

सफल खबर संवाददाता

आइतबार, ०९ असार २०८१, २० : ०८
८ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस

काठमाडौं । न्याय सेवा आयोगले लिएको लिखित परीक्षामार्फत आठ जिल्लाका न्यायाधीश सिफारिस भएका छन् ।

आयोगको असार ९ गतेको निर्णयानुसार उम्मेदवारहरुले प्राप्त गरेको कूल अंकको आधारमा योग्यता क्रमअनुसार ८ जना जिल्ला न्यायाधीश नियुक्तका लागि सिफारिस गरिएको जनाएको छ ।

जसमा ४ जना खुल्ला र ४ जना आन्तरिक खुल्ला प्रतिस्पर्धाबाट सिफारिस भएका छन् । सिफारिस हुनेहरुमा कमलकान्त जोशी, बसन्तराज जोशी, नीतिज राई, चन्द्रमणि चापागाईं खुल्लाबाट उत्तीर्ण भएका छन् भने नारायण सापकोटा, मनिराम ज्ञवाली, अन्जनराज सापकोटा र तिलक कार्की आन्तरिक खुल्लाबाट सिफारिस भएका हुन् ।

प्रतिक्रिया दिनुहोस