जापानको फुकुशिमामा ४.९ म्याग्नीच्यूडको भूकम्प

सफल खबर संवाददाता

आइतबार, ०९ असार २०८१, २० : ००
जापानको फुकुशिमामा ४.९ म्याग्नीच्यूडको भूकम्प

टोकियो। जापानको फुकुशिमाको तटीय क्षेत्रमा आइतबार ४.९ रेक्टर स्केलको भूकम्प गएको छ । जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार भूकम्पको केन्द्रबिन्दु फुकुशिमा प्रान्तको तटीय क्षेत्रमा ५० किलोमिटर गहिराइमा रहेको थियो ।

भूकम्पका कारण समाचार तयार पार्ने समयसम्म कुनै मानवीय क्षति वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन । जापान चार टेक्टोनिक प्लेटहरूको मिलन बिन्दुमा अवस्थित छ, जसले यसलाई विशेष गरी भूकम्पीय गतिविधिको लागि संवेदनशील बनाएको छ ।

यो १०० सक्रिय ज्वालामुखीहरूको घर पनि हो । सन् २०११ मा जापानमा ९.० म्याग्निच्यूडको भूकम्प गएको थियो र सुनामी आएको थियो । भूकम्पका कारण १५ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो भने फुकुशिमा आणविक केन्द्रमा विपत्ति आएको थियो ।

प्रतिक्रिया दिनुहोस