काठमाडौं । सरकारले आजको प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षका लागि जेठ १५ मा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको विनियोजन विधेयक (बजेट) पारित गर्ने तयारी गरेको छ ।
यसअघि असार ७ मै विधेयक पास गर्ने भनिएपनि संसदभित्र कर्मचारीको आन्दोलनलगायतका कारणले पारितमा ढिलाइ भएको थियो । तर, आइतबार बिहान संघीय संसद भवन नयाँ बानेश्वरमा ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।
बजेट पास गर्ने कार्यसूची सँगै आजको बैठकमा ‘‘आर्थिक विधेयक २०८१ माथि विचार गरियोस्’’, ‘‘राष्ट्र ऋण उठाउने विधेयक २०८१ माथि विचार गरियोस्’’ र ‘‘भन्सार महशुल सम्बन्धि विधेयक २०८१ माथि विचार गरियोस्’’ भन्ने तीन ओटा विधेयक बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
त्यस अघि आजै विनियोजन विधयेकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची समेत छ । यसैबीच बजेट पास हुने दिन सबै सांसदलाई सदनमा उपस्थित हुन कांग्रेसले ह्वीप जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० असार २०८१, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक बस्दै, नेपाल प्रहरी विधेयक छलफलका लागि प्रस्तुत गरिने
संसद्मा उठ्यो वडाध्यक्षले वडा सचिव कुटेको विषय
भारतमा नेपाली छात्रा मृत्युको विषयमा सांसदले उठाए जोडदार आवाज
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
सरकारले शहीदमार्गको रकम कटौती गरेकोप्रति वर्षमानको आपत्ति
प्रतिनिधिसभा बैठक : आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर