काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । बानेश्वरस्थित संसद् भवनमा हिजो बसेको दलको बैठकमा बजेट पारित नहुन्जेल सबै सांसद अनिवार्य उपस्थित भई सुरुदेखि अन्तिमसम्म बसेर छलफलमा भाग लिने निर्णय गरेको हो ।
संसद्को दुवै सदनमा हाल आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल चलिरहेको छ । आगामी आर्थिक वर्षका लागि विभिन्न जिल्लामा छुट्याइएको बजेटका विषयमा पनि सांसदहरुले धारणा राखे पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । सांसदहरुले बजेट निर्माण पद्धति ठिक भयो, भएन भनी समीक्षा गर्नुपर्ने भनी नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।
बजेटका विषयमा हुने छलफलमा सक्रिय सहभागिता जनाई पारित हुने दिन प्रमुख प्रतिपक्षी दल काँग्रेसले विपक्षमा मतदान गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ असार २०८१, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मैले र गगनले कुलमान हटाउन हुँदैन भनेका थियौं: विश्वप्रकाश शर्मा
देउवा निवास बूढानीलकण्ठमा कांग्रेसको चियापान, शेखर पनि सहभागी
कांग्रेस नेताहरुको सामाजिक सन्जालमा मजाक लाग्दो रोइलो
काँग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० सदस्य मनोनीत
भ्रष्टाचारमा दोषी ठहरिएका जिल्ला सभापतिलाई बर्खास्तको माग गर्दै प्रदर्शन
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै