कुमारी बैंक र एनडी थर्टी नाइन ग्रुपबीच सम्झौता

सफल खबर संवाददाता

विहीबार, ०७ असार २०८१, १६ : १४
कुमारी बैंक र एनडी थर्टी नाइन ग्रुपबीच सम्झौता

काठमाडौं। कुमारी बैंक लिमिटेड र एनडी थर्टी नाइन बिजनेस ग्रुप प्रालि (फिल्ली)बीच सम्झौता भएको छ ।बैंकका ग्राहकलाई फिल्ली क्याफेबाट प्रदान गरिने सेवा तथा सुविधाहरूमा विशेष छुटका लागि सम्झौता गरिएको बैंकले जनाएको छ ।

सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरूले फिल्लीका लाजिम्पाट, लबिम मल पुल्चोक, ठमेल र बैद्धिस्थित शाखाहरूबाट सेवा लिए बापत गर्नुपर्ने कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

यस सुविधाबाट ग्राहकले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै आर्थिक अवस्थालाई सुदृढ पार्न मद्दत गर्ने बैंकको विश्वास छ ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखारहित बैंकिङ्ग इकाइमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ । 

आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने बैंकको प्रतिबद्धता छ ।

प्रतिक्रिया दिनुहोस