यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

सफल खबर संवाददाता

मंगलबार, ०४ असार २०८१, ०९ : ५३
यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं । आगामी तीन दिन देशका केही नदीमा पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ ।

कोशी, कन्काई, कमला र यसका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक र लमजुङ भई बहने केही साना नदीमा आकस्मिक बाढीको सम्भावना छ । यी जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

यस्तै, ताप्लेजुङ, पाँचथर, तेहथुम, संखुवासभा, खोटाङ, भोजपुर, धनकुटा, सिरहा, सप्तरी, दोलखा, रामेछाप, गोरखा र कास्की भई बहने साना नदीहरूमा पनि बहाव बढ्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस