बैतडीमा बेपत्ता पुरूषको शव खोलामा भेटियो

सफल खबर संवाददाता

सोमबार, ०३ असार २०८१, १५ : ३५
बैतडीमा बेपत्ता पुरूषको शव खोलामा भेटियो

धनगढी। बैतडीमा ३ दिनदेखि बेपत्ता एक जना पुरूषको शव खोलामा भेटिएको छ ।

पाटन नगरपालिका-६ का ५१ वर्षीय वीरभानसिंह बिष्टको शव  पाटन-पञ्चेश्वर-मेलौली सडकखण्ड अन्तर्गत मेलतडास्थित घाङल खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) दिपक गिरीले बताए ।  उनी असार १ गतेदेखि बेपत्ता भएका थिए ।

डीएसपी गिरीका अनुसार बिष्टको शव खोलामा प्लाष्टिकले बेरेको अवस्थामा शव भेटिएको हो ।  बिष्टको हत्या गरी खोलामा फालिएको आशंका गरिएको छ ।बिष्टको हत्या आरोपमा पाटन नगरपालिका-६ कै भागरथी बिष्टलाई इलाका प्रहरी कार्यालय पाटनले पक्राउ गरेको छ ।

मृतकका परिवारले यसअघि नै बिष्टले बेपत्ता पारेको भन्दै इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस