सुर्खेत । कर्णालीमा मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि १ अर्ब १६ करोड बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री महेन्द्र केसीले आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमलाई महत्वका साथ राखिएको बताए ।
‘गरिबी निवारण र रोजगारी प्रदेश सरकारको जिम्मेवारी भन्ने नारा दिई मुख्यमन्त्री रोजगारमार्फत सबै वडामा सञ्चालन छ,’उनले भने, ‘यो कार्यक्रमबाट १६ हजार बेरोजगारीले आंशिक रोजगारी प्राप्त गर्ने अनुमान गरेको छु ।’
यद्यपि यो कार्यक्रमको प्रभावकारिता माथि भने प्रश्न उठिरहेको छ । साथै पूर्व मुख्यमन्त्री राजकुमार शर्माले ल्याएको कर्णाली समृद्धि परियोजनालाई पनि प्राथमिकतामा राखेर ल्याइएको छ । यद्यपि उक्त कार्यक्रमका लागि बजेट भने उल्लेख गरिएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ असार २०८१, १६ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले कर्णालीप्रति गर्ने उपेक्षालाई चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेश सभामा रिक्त संसदीय समितिले पायो पूर्णता
कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्य सचिवको जिम्मा उपाध्यायलाई
भूकम्पबाट क्षति विद्यालय प्रदेश सरकारले पुनः निर्माण गर्ने
कर्णाली प्रदेश सभा बैठक आह्वान
उपनिर्वाचन : कर्णालीका ८ स्थानीय तहमा मतदान जारी