काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपाली सेना भित्र गणतन्त्र नआएको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा रक्षा मन्त्रालय अन्तर्गतको विनियोजन विधेयकमाथि छलफलमा भाग लिदै नेपाली सेना भित्र लोकतान्त्रिकरण गर्नु पर्ने बताउदै सेनामा गणतन्त्र नआएको जस्तो आफुलाई लागेको टिप्पणी गरेका हुन् ।
उनले भने,‘नेपाली सेनाको अझै आधुनिकीकरण,पेशागत हिसाबले सक्षम बनाउनुपर्नेछ। सेनाभित्र लोकतान्त्रिकरण गर्नुपर्नेछ, त्यहाँभित्र गणतन्त्र आएको छैन भन्ने लाग्छ । त्यसको बारे रक्षा मन्त्रालयले पोलिसी पर्नेछ, सेनालाई आधुनिकीकरण गर्नुपर्ने आवश्यकता छ,परम्परागत रुपमा चल्न दिनुहुँदैन ।’
नेपाली सेनाको बजेट परम्परागत भएको बताउदै कर्मचारीले बनाएको बजेटमा राजनीतिक नेतृत्वले हस्तक्षेप गर्न नसकेको बताएका छन् । उनले संवेदनशील अंग नेपाली सेनालाई व्यापार, ठेक्कापट्टा गर्न दिनु कतिको जायज छ भन्दै प्रश्न गरेका थिए । गुरुङले सेनाको महत्वकांक्षा बढ्दै जादा त्यसले लोकतन्त्रमाथि नै खतरा हुनसक्ने समेत बताए ।
राष्ट्रिय सुरक्षा भनेको नेपाली सेना मात्र हो भन्ने बुझाई सबैको रहेको भन्दै यो सत्य नभएको उनले बताए । नेपाली सेना राष्ट्रिय सुरक्षाको महत्वपूर्ण अंग भएपनि अन्य अंग नेपाल प्रहरी, सशस्त्र प्रहरीको पनि भूमिका रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० जेठ २०८१, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ
आइटी उद्योगमार्फत रोजगार सिजर्ना गर्न सकिन्छः सञ्चारमन्त्री गुरुङ
एमाले यही पाराले चले ८४ ले हावा खान्छ : पृथ्वीसुब्बा गुरुङ
पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई समृद्धितर्फ उन्मुख गर्न सकिने
डिजिटल नेपाल सरकारको पहिलो एजेण्डा : सञ्चारमन्त्री गुरुङ
मानवता नै सर्वोच्च धर्म हो : सञ्चारमन्त्री गुरुङ