सुनको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

सफल खबर संवाददाता

बुधबार, ३० जेठ २०८१, १० : ४२
सुनको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । 

मंगलबार तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ६०० रुपैयाँ बढेर तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँ पुगेको हो । यसअघि तीन दिनसम्म सुनको मूल्य स्थिर रहेको थियो । 

यस्तै तेजाबी सुन तोलामा १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य चाहिँ तोलामा रु ५ बढेको छ ।मंगलबार तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ८२० रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस