भरतपुरमा दुई सय कुकुरहरुलाई निशुल्क रेविज विरुद्धको भेग्सिन

सफल खबर संवाददाता

शुक्रबार, १२ असोज २०७५, १५ : ३२
भरतपुरमा दुई सय कुकुरहरुलाई निशुल्क रेविज विरुद्धको भेग्सिन

आज विश्व रेविज दिवसका अवसरमा नेपाल भेटेनेरी विद्यार्थी परिषद्(एन.पि.आई)को आयोजनामा चितवनमा विभिन्न कार्यक्रम गरी सम्पन्न गरिएको छ ।
भरतपुर महानगरपालिका ११ अन्तर्गतका क्षेत्रहरुमा लगभग दुई सय वटा कुकुरहरुलाई निशुल्क रेविज विरुद्धको भेग्सिन दिईएको थियो । एन।पि।आईका विघार्थीहरु भोलेन्टर सर्भिसमा सम्पन्न भएको उक्त कार्यक्रममा रेविजका वारेमा स्थानीय जनतालाई जनचेतनामूलक कार्यक्रम पनि गरिएको थियो।साथै अब आउदो दिनहरुमा पनि भरतपुर महानगर सगं समन्वय गरि यस्तै कार्यक्रमहरु लाउने परिषद्का उपाध्यक्ष मिलन खनालले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस