काठमाडौं । डा.गोविन्द केसीले सरकारले आफ्ना माग सम्बोधन गर्ने आश्वासन दिएपनि अहिलेसम्म पूरा नगरेर ब्ल्याकमेलिङ गरेको आरोप लगाएका छन् ।
चिकित्सा शिक्षा विधेयक कार्यान्वयनको माग गर्दै आएका डा.केसीले शुक्रबार पत्रकार सम्मेलन गर्दै आफ्ना माग सम्बोधन गर्ने सवालमासरकारले बारम्बार धोका दिएको बताए ।
उनले माग पुरा नगरे जुन सुकै समयमा पनि १६ औं अनशन सुरु गर्न सक्ने चेतावनी समेत दिए । उनले अबको अनसन कहाँ र कहिले बस्ने भन्ने कुराको बारेमा जानकारी कसैलाई नदिने पनि बताए ।
पत्रकार सम्मेलनमा उनले शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा सम्बन्धि आफुले उठाएका माग सम्बोधन गर्न चासो नदेखाएकाले मन्त्री पोखरेलको राजीनामा समेत मागे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ असोज २०७५, १५ : १२
लेखकबाट थप