महोत्तरीमा गोली चल्यो, एक युवक घाइते

सफल खबर संवाददाता

सोमबार, २८ जेठ २०८१, २० : २७
महोत्तरीमा गोली चल्यो, एक युवक घाइते

महोत्तरी । महोत्तरीमा एक युवकमाथि गोली प्रहार भएको छ । सोमबार साँझ मोटरसाइकलमा आएको अज्ञात समूहले युवकमाथि गोली प्रहार गरेको गरेको हो । गोली प्रहारबाट गौशाला ११ निवासी विनय महतो घाइते भएको महोत्तरी प्रहरी प्रवक्ता सन्तु जैसवालले जानकारी दिए ।

महतोको कम्मरमुनि एक राउण्ड गोली प्रहार भएको र उनलाई उपचारका लागि जनकपुर पठाइएको प्रहरीले जनाएको छ । सुनको सिक्री लुट्नका लागि गोली प्रहार भएको बताइएको छ। गोली प्रहार गर्ने समूहले सिक्री लुटेर लगेको बताइएको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस