वीरगन्ज । पर्साको वीरगन्जमा एक युवकको शव फेला परेको छ।
वीरगन्ज महानगरपालिका- १६ शंकराचार्य गेटस्थित खुला चौरमा एकजना युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
युवकको हत्या भएको आशंका प्रहरीले गरेको छ। उनको अनुहारमा रगत देखिएको छ। आइतबार साँझतिर खुला चौरमा एक जना व्यक्ति मृत फेला परेको सूचना प्रहरीलाई पुगेको थियो। प्रहरीले शव पोस्ट मार्टमका लागि अस्पतालमा लगेको छ।
मृतक युवक झण्डै ३० वर्षका छन्। कालो रंगको सर्ट, निलो टिसर्ट, कालो जिन्स पाइन्ट र खैरो रंगको जुत्ता लगाएका उनको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ जेठ २०८१, ०९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा जलेको अवस्थामा शव फेला
दानव नदीमा बेपत्ता थप दुई बालकको शव भेटियो
नारायणी नदीबाट सशस्त्र प्रहरीले निकाल्यो २ शव
कैलालीमा युवकको शव फेला
हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
माकलबारीमा गाडिएको अवस्थामा भेटियो युवकको शव, ६ जना पक्राउ