प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबिच भेटवार्ता

सफल खबर संवाददाता

सोमबार, २८ जेठ २०८१, ०७ : १६
प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबिच भेटवार्ता

काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका समकक्षी नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ ।

आइतबार बेलुका भएको भेटमा उनीहरूबिच नेपाल–भारतबिच रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । 

सो अवसरमा उनीहरूबिच विगतमा भएका समझदारी एवं सम्झौताहरूको विषयमा विचार विमर्श भएको थियो । प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ भएको शपथ ग्रहण समारोहमा सहभागी भएका थिए । उनी आइतबार नै भारतको नयाँ दिल्ली पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्डका साथमा उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन् । प्रधानमन्त्री प्रचण्ड आज साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।  

प्रतिक्रिया दिनुहोस