मौद्रिक नीति निर्माणका लागि राष्ट्र बैंकले माग्यो सुझाव

सफल खबर संवाददाता

आइतबार, २७ जेठ २०८१, १६ : २९
मौद्रिक नीति निर्माणका लागि राष्ट्र बैंकले माग्यो सुझाव

काठमाडौं। आगामी आर्थिक वर्षका लागि मौद्रिक नीतिको तयारीमा जुटेको नेपाल राष्ट्र बैंकले सरोकारवालासँग सुझाव मागेको छ ।आर्थिक वर्ष २०८१/८२ शुरू भएको एक साताभित्र ल्याइसक्नुपर्ने मौद्रिक नीतिका लागि राष्ट्र बैंकले यही असार १६ गतेभित्र सुझाव उपलब्ध गराउन अनुरोध गरेको छ ।

'नेपाल राष्ट्र बैंक ऐन २०५८ मा व्यवस्था गरिएबमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएकोमा आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिका लागि आफ्ना राय/सुझावहरू यस बैंकको आर्थिक अनुसन्धान विभागमा उपलब्ध गराइदिनहुन अनुरोध छ,' बैंकले आइतबार जारी गरेको सूचनामा भनिएको छ ।