माधव नेपालको चेतावनी– भ्रष्टाचार र जाँडको घैँटोमा डुब्नेलाई छुट दिन सकिँदैन

सफल खबर संवाददाता

आइतबार, २७ जेठ २०८१, १५ : ०५
माधव नेपालको चेतावनी– भ्रष्टाचार र जाँडको घैँटोमा डुब्नेलाई छुट दिन सकिँदैन

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले युवाका नाममा जाँड रक्सी खाएर घैँटोमा चुर्लुम्म डुब्नेहरूलाई पार्टीमा छुट दिन नसकिने बताएका छन् । साथै उनले त्यस्तालाई पार्टीमा स्थान समेत दिन नसकिने बताए ।

आइतबार काठमाडौँमा आयोजित ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले पार्टीको अस्तित्व जोगाउनु पहिलो कर्तव्य भएको पनि बताए ।

उनले पार्टीलाई बलियो बनाउने दोस्रो कुरा, पार्टीलाई सशक्त र क्रान्तिकारी बनाउन युवाहरूलाई आकर्षण गर्ने महत्त्वपूर्ण कुरा भएकाले असल चालचलन भएका युवाहरूलाई पार्टीले जहिल्यै अवसर दिने बताए ।

‘युवा भनेर भ्रष्टाचारमा डुब्नेहरू जाँडरक्सी, पुरै घैँटो नै समाप्त पार्ने प्रवृत्तिलाई कुनै हालतमा छुट दिन सकिँदैन’, अध्यक्ष नेपालको भनाइ छ ।उनले विचारमा प्रष्टता र अनुशासन पालन गर्नेहरूलाई स्वागत गर्नुपर्ने भन्दै लोकप्रियतावादका निकै ठुला भ्रम पार्ने कामहरू भइरहेकाले त्यसबाट बच्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस