सरकारले चिनी आयातमा बन्देज लगाएदेखि बजार मूल्य बढ्दै गएको छ । सरकारले बन्देज लगाएको एक सातामा विराटनगरमा चिनीको मूल्य एक केजीमा १५ रुपैयाँ बढेको हो ।
व्यापारीले क्रृत्रिम अभाव सिर्जना गरी मूल्य बढाएका हुन् । गत भदौ ३१ गतेको संघीय सरकार मन्त्रिपरिषद्को निर्णयले चिनीको आयातमा असोज ४ गतेदेखि परिमाणत्मक बन्देज लगाएको छ ।
एक साताअघि केजीको ६५ रुपैयाँमा पाइने चिनी अहिले ८० रुपैयाँ पुगेको छ। विराटनगरसँगै जोडिएको भारतीय बजार जोगबनीमा प्रतिकेजी ५४ मा पाइने चिनी यहाँका सर्वसाधारण २६ रुपैयाँ महँगो तिर्न बाध्य छन् ।
विराटनगरस्थित भाटभटेनी सुपरमार्केटले भने चिनीको मूल्य प्रतिकिलो ५९ यथावत राखेको छ ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १२ असोज २०७५, ०८ : ३८
लेखकबाट थप