मेलम्ची खानेपानी आयोजना प्रमुख सुर्यराज कँडेलले अबको दुई महिनामा मेलम्चीको खानेपानी काठमाडौं आउने दावी गरेका छन् ।
राष्ट्रियसभाको सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै आयोजना प्रमुख कँडेलले टनेल ६ भागमाा बाँडेर फिनिसिङ गर्ने काम भईरहेको जानकारी दिए ।
अब आयोजनामा करिव १० किलोमिटर सुरुङमा फिनिसिङको गर्न बाँकी रहेको उनले बताए ।
दैनिक २ सय देखि २ सय ५० मिटरसम्म फिनिसिङको काम भईरहेको छ ।
आयोजनाको लागि आवश्यक सामग्रीहरु अबको तीन साताभित्र आइपुग्ने र भनेअनुसार कम भए टनेलको काम करिव डेढ महिनामा सकिने उनले बताए ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १२ असोज २०७५, ०८ : १५
लेखकबाट थप