सातामा सुनचाँदी– प्रतितोला २८ सयले बढेर कीर्तिमान

सफल खबर संवाददाता

शनिबार, २६ जेठ २०८१, १२ : ४६
सातामा सुनचाँदी– प्रतितोला २८ सयले बढेर कीर्तिमान

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँ बढेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा सुनको मूल्य २८ सय रुपैयाँले बढेर कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँ थियो । यो मूल्यमा साताको अन्तिम कारोबार दिनसम्म २८ सय रुपैयाँले बढेको हो ।

यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४५ हजार रुपैयाँ कायम छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँ कायम छ । यो साता सोमबार मात्रै सुनको मूल्य ओरालो लागेको थियो । अन्य दिन मूल्य निरन्तर बढ्दै कीर्तिमानमाथि कीर्तिमान कायम बन्यो ।

यस्तै यो साता चाँदीको मूल्यमा समेत वृद्धि आएको छ । साताभरमा चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १८ सय ७५ रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा १९ सय रुपैयाँ कायम छ ।

प्रतिक्रिया दिनुहोस