अर्घाखाँचीको सुपादेउराली मन्दिरमा शनिबार भीड धेरै हुन्छ। वर्षमा ४० देखि ६० लाख भेटी जम्मा हुन्छ ।
यही आम्न्दाीले खाँचीकोटको आदर्श मावि र सीतापुरको शान्ति निमावि धानिएका छन् । १० शिक्षकलाई तलब पुगेको छ ।
‘भेटी नभएको भए ९ र १० कक्षा सञ्चालन गर्न सम्भव थिएन’ आदर्श माविका प्रधानध्यापक डिल्लीराज थापाले भने, ‘६ शिक्षकलाई तलब पुगेको छ ।’ १८ मध्ये ४ शिक्षक स्थायी मात्रै छन् ।
शान्तिमा रहेका १० शिक्षक मध्ये ४ लाई तलब दिन पुगेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरासिंह गुरुङले मन्दिरबाट पैसा नआएको भए कक्षा ७ सम्म सञ्चालन गर्न असम्भव रहेको बताए ।
धेरैजसो गुरुङ मगर र दलितका छोराछोरी पढ्न सजिलो भएको उनले बताए ।, आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १२ असोज २०७५, ०७ : ५५
लेखकबाट थप