२८ गते विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री पाण्डे

सफल खबर संवाददाता

शुक्रबार, २५ जेठ २०८१, १७ : ४७
२८ गते विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री पाण्डे

काठमाडौँ । गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २८ गते विश्वासको मत लिने भएका छन् । सदनबाट विश्वासको मत लिइसकेपछि मात्रै नीति कार्यक्रम तथा बजेट ल्याउने तयारी गरेका छन् ।

अल्पमतमा रहेका मुख्यमन्त्री पाण्डेले विश्वासको मतबारे छलफल गर्न काठमाडौं गएका थिए । काठमाडौँबाट फर्किए लगत्तै उनले विश्वासको मत लिने निर्णय गरेका हुन् । पाण्डे जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

नेकपा एमाले संसदीय दलका नेता समेत रहेका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक ठहर गर्दै पदमुक्त गरेपछि पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए । नेपाली काँग्रेस संसदीय दलका नेता पाण्डे संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस