काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तरदेशीय (क्रस बोर्डर) कारोबारसम्बन्धी सम्झौता भएको छ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ग्राहक तथा भारतीय ग्राहकले एक देशबाट अर्को देशमा मोबाइल बैंकिङ तथा क्यूआर कोडका माध्यमबाट कारोबार गर्न सक्नेगरी डिजिटल प्रविधिको व्यवस्था मिलाउन ती दुई संस्थाबीच सम्झौता भएको हो ।यसले नेपालभित्र भारतबाट रकम प्राप्त गर्न सहज हुने भएको छ ।
यस्तो कारोबार नेपाल राष्ट्र बैंकले तोकेको सीमा र परिधिभित्र रहेर गर्न सकिने छ ।नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को माध्यमबाट यस्ता कारोबारहरू हुनेछन् ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सो अवसरमा बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी तथा दुर्गा कुमारी कंडेल र विभागीय प्रमुख ऋषिराम ढकाल उपप्रमुख दिनेश ओझा तथा एनसीएचएलका तर्फबाट चिफ अपरेटिङ अफिसर मुन्नि राजभण्डारी र मनीष पटेलको उपस्थिति रहेको थियो ।
राष्ट्रिय वाणिज्य बैंकको सातवटै प्रदेशका ७७ जिल्लाका सदरमुकामसहित देशैभर रहेका दुई सय ८७ शाखा कार्यालय, तीन सय पाँच एटिएम, ९९ वटा शाखारहित बैंकिङ सेवा, ७१ वटा एक्स्टेन्सन काउण्टर, क्यूआर कोड सेवा, प्वाइन्ट अफ सेल सेवा , क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्यूआर टेलर (बिनाचेक रकम झिक्न सकिने) इन्टरनेट बैंकिङ, परिष्कृतरुपको मोबाइल बैंकिङ (डिजिटल संसार) तथा बिनाइन्टरनेट चल्ने यूएसएसडी मोबाइल बैंकिङका सेवासमेत सञ्चालनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ जेठ २०८१, १४ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय वाणिज्य बैंकका ८९ जना नवनियुक्त कर्मचारीहरुलाई पूर्व सेवाकालिन तालिम
राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘किसान सरल कर्जा’को शुभारम्भ
राष्ट्रिय वाणिज्य बैंकले ल्यायो भेहिकल लोन फेष्टिभ अफरको योजना
राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा लोहनी
राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खनालद्वारा पदभार ग्रहण
राष्ट्रिय वाणिज्य बैंक लि. र मुद्रण विभागबीच सम्झौता